हमासद्वारा गाजाबाट थप तीन जना इजरायली बन्धक मुक्त
माघ २६, २०८१ शनिबार
काठमाण्डौ – हिमालय एअरलाइन्स र यती एअरलाइन्सबीच सञ्जाल एकीकरण, बिक्री वृद्धि विस्तार र दुवै कम्पनीको ई–कमर्स कार्य क्षमतामा क्रमिक विस्तारका लागि एकआपसमा रणनीतिक व्यापार साझेदारी भएकाे छ । एप्लिकेशन प्रोगामिङ इन्टरफेस (एपीआई) को प्रभावकारी कार्यान्वयनका लागि पहिलो सम्झौतामा दुवै कम्पनीका प्रतिनिधिहरूले बुधवार आयोजित कार्यक्रममा हस्ताक्षर गरेका छन् ।
हिमालय एअरलाइन्सले अहिले मध्यपूर्वी एसिया र दक्षिण एसियाका विभिन्न गन्तव्यमा अन्तर्राष्ट्रिय उडानहरू सञ्चालन गरिरहेको छ भने यती एअरलाइन्सले नेपालभर आन्तरिक गन्तव्यहरूमा नियमित उडान गर्दै आएको छ ।
सम्झौताअनुसार दुवै एअरलाइन्सले आ–आफ्नो टिकट जारी गर्न, नयाँ सेवालाई समावेश गरेन, यात्रुहरूलाई टिकट खरिदमा सरलीकृत बनाउनुका साथै आफ्ना सेवा एकअर्काको वेबसाइटमा सहज किसिमले उपलब्ध गराउने जनाएका छन् । यद्यपि यसमा आवश्यक प्राविधिक प्रक्रिया पूरा गर्न बाँकी रहेकाले कार्यान्वयनमा आउन केही समय लाग्ने कम्पनीले जनाएका छन् ।
कार्यक्रममा बोल्दै हिमालय एअरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले दुई एअरलाइन्सबीचकाे सहकार्य हिमालय र यतीबीच रणनीतिक व्यापारिक साझेदारीको दिशामा पहिलो चरण भएको बताउनुभयो । व्यवसाय विस्तारका लागि नयाँ मार्गहरू खोज्न, व्यवसायलाई बढाउन हाम्रो यो साझेदारी महत्त्वपूर्ण हुनेछ, उहाँले भन्नुभयो । यस सहकार्यले व्यवसायलाई बढाएर राजस्वमा वृद्धि गर्न सहयोग पुग्ने उहाँको भनाइ थियो ।
यती एअलाइन्सका प्रमुख कार्यकारी अधिकृत अनोज रिमालले हिमालय एअरलाइन्सलाई साझेदारको रूपमा पाउँदा आफूहरूलाई खुसी र उत्साहित बनाएको बताउनुभयो । यस सहकार्यले व्यावसायिक समुदायलाई सकारात्मक सन्देश दिएको उहाँको भनाइ थियो ।
प्रमुख कार्यकारी अधिकृत रिमालले यस समझदारीले दुवै एअरलाइन्सका यात्रुहरूले थप लाभ प्राप्त गर्न सक्ने बताउनुभयो । साझेदारीले दुवै एअरलाइन्सकाे सम्भावित यात्रुहरूका लागि नवीन विचारहरू अन्वेषण गर्ने, ग्रहण गर्ने र प्रचार गर्ने कम्पनीले जनाएको छ ।
दुवै एअरलाइन्सका वेबसाइटका माध्यमबाट यात्रुहरूले यती एअरलाइन्स, तारा एअर र हिमालय एअरलाइन्सले उडान भर्ने राष्ट्रिय र अन्तर्राष्ट्रिय दुवै गन्तव्यमा चाहेअनुसारको उडान सेवा छनाेट गरी फाइदा लिन सक्नेछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।