भक्तपुरमा गाडीको ठक्करबाट एक जनाको ज्यान गयो

 माघ १५, २०७७ बिहीबार १२:५०:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर - मध्यपुरथिमि नगरपालिका-१ लोकन्थली-कोटेश्वर जाने सडकखण्डमा गाडीको ठक्करबाट एक पुरुषको ज्यान गएको छ । 

शवको प्रारम्भिक अनुसन्धानमा गाडीको ठक्करबाट अन्दाजी ५० वर्षीय पुरुषकाे ज्यान गएको निष्कर्ष निकाल्दै प्रहरीले ठक्कर दिने गाडीको खोजी गरिरहेको छ ।

मृतकको सनाखतका लागि आफन्तको पहिचानको प्रयास भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो । 

उहाँले मृतक पुरुषको साथमा परिचय खुल्ने कुनै पनि कागज नभेटिएकाले पहिचान हुन नसकेको जानकारी दिनुभयो । 

कालो धर्के सर्ट, कालो ट्राउजर र खैरो जुत्ता लगाएका उनको पैदल हिँड्ने क्रममा आज बिहान गाडीले ठक्कर दिँदा ज्यान गएकाे हुनसक्ने प्रहरीकाे अनुमान छ । 

आज बिहान सडकमा लडिरहेको देखेर प्रहरीले उपचारका लागि मध्यपुर अस्पताल पुर्याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेको गिरीले बताउनु भयो । 

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया