महेश बस्नेतले सम्पादकहरूलाई धम्काएकोप्रति पत्रकार महासङ्घको भर्त्सना

 माघ १५, २०७७ बिहीबार १७:२८:२० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – नेपाल कम्युनिस्ट पार्टीको केपी ओली समूहका नेता तथा पूर्वमन्त्री महेश बस्नेतले सार्वजनिक कार्यक्रममा विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूलाई धम्क्याएको घटनाप्रति नेपाल पत्रकार महासङ्घले भर्त्सना गरेको छ । 

बुटवलमा बुधबार (हिजो) भएको कार्यक्रममा पूर्वमन्त्री बस्नेतले विभिन्न सञ्चारमाध्यमका सम्पादकको नामै तोकेर सार्वजनिक रूपमा धम्क्याउनुभएको थियो । 

पत्रकारले समाचार लेखेका कारण मन्त्रीजस्तो जिम्मेवार पदमा बसेर काम गरिसकेका व्यक्तिले सार्वजनिक रूपमा पत्रकारलाई ठाडो चुनौती दिँदै धम्क्याएको यो घटना प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भएको महासङ्घको ठहर छ । 

पत्रकारलाई हतोत्साहित बनाउने र मनोवैज्ञानिक त्रास फैलाउने घटनाको महासङ्घले कडा शब्दमा भत्र्सना गरेको छ । प्रेसको संवैधानिक स्वतन्त्रताको सम्मान गर्न तथा यस्ता कार्य नदोहोर्‍याउन पनि महासङ्घले सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ ।       

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया