हमासद्वारा गाजाबाट थप तीन जना इजरायली बन्धक मुक्त
माघ २६, २०८१ शनिबार
काठमाण्डौ - काठमाण्डौको असन अन्नपूर्ण नारायण मन्दिरमा पहिलो पटक पुजारीमा महिला नियुक्त भएका छन् ।
मन्दिरको पुजारीमा सहनशीला शर्मा झा नियुक्त हुनु भएको हो । पहिलो पटक पुजारीमा नियुक्त भएपछि उहाँले यो पदमा नियुक्त हुँदा आफूलाई गर्व लागेको बताउनु भएको छ ।
उहाँले लेख्नु भएको छ : ‘कुनै पनि महिलालाई पुजारी नियुक्ति गर्ने नियम गुठी संस्थानमा रहेन छ तर मैले उहाँहरुलाई किन हुँदैन त भन्ने प्रश्न राख्दा महिलालाई पुजारी बनाउन मिल्दैन भन्ने जवाफ पाए । तर, पनि प्रयास गरिरहे र आज नियुक्ति पत्र पाए ।’
उहाँले पुर्खाले गर्दै आएको पूजाआजा परम्परामा सधैं छोरालाई मात्र अधिकार दिनेमा अहिले आफूले यो परम्परालाई समेत तोड्न सकेको बताउनु भएको छ ।
‘मेरो पुर्खा पक्कै पनि खुशी छन् होला’ उहाँले भन्नु भएको छ । गुठी संस्थान काठमाण्डौ शाखाले हिजो काठमाण्डौको असन अन्नपूर्ण नारायण मन्दिरमा सहनशीला शर्मा झालाई नियुक्त गरेको हो ।
शर्मालाई १ वर्षको परीक्षणकाल हुनेगरी बढीमा ५ वर्षको लागि पुजारीमा नियुक्त गरेको संस्थानले निकालेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।