कोरोनासँग जुध्न लाखौँ रकम जुटाउने क्याप्टेन मूरको कोरोनाकै कारण निधन

 माघ २१, २०७७ बुधबार ७:५२:११ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – कोरोना भाइरससँग जुध्नको लागि बेलायतलाई लाखौँ डलर जुटाउने क्याप्टेन सर टोम मूरको कोरोना भाइरसको सङ्क्रमणका कारण निधन भएको छ ।

एक सय वर्षका मूरलाई स्वास फेर्न समस्या भएपछि गएको हप्ता अस्पतालमा भर्ना गरिएको थियो । निमोनियाको उपचार चलिरहेका बेला उहाँलाई कोरोना भाइरसको सङ्क्रमण भएको छोरी इग्राम मूरलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

सेनाबाट अवकाश पाएका मूरले सयौँ जन्मदिनका अवसरमा आफ्नो बगैँचाको एक सय फन्को लगाएर बेलायतका नागरिकको मन जित्नु भएको थियो । यसै क्रममा उहाँले ३.३ करोड पाउण्ड जुटाएर बिरामीको उपचारका लागि बेलायतको सरकारी अस्पताल एनएचएसलाई दिनु भएको थियो । उहाँको कामलाई प्रशंसा गर्दै बेलायती महारानी एलिजावेथले एउटा विशेष समारोहमा सम्मान पनि गर्नु भएको थियो ।

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया