नेपालमा लगाइएको अक्सफोर्ड एस्ट्राजेनेकाको खोपले गम्भीर बिमारीसँगै सङ्क्रमण पनि रोक्छ : अध्ययन

 माघ २१, २०७७ बुधबार ९:३१:१२ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – नेपाल लगायत विश्वका धेरै देशमा प्रयोगमा रहेको अक्सफोर्ड एस्ट्राजेनेका खोपले कोरोना विरुद्धको गम्भीर बिमारीमात्र नभइ सङ्क्रमण पनि रोक्ने दाबी गरिएको छ । यो खोपको प्रयोगले कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणमा उल्लेखनीय प्रगति आउनसक्ने वैज्ञानिकले बताएका छन् ।

महामारीले विश्वलाई नै आक्रान्त पारिरहेका बेला यो खोपले सङ्क्रमण नियन्त्रणमा समेत प्रभाव देखिए पछि महामारीलाई नियन्त्रण गर्न सहयोग पुग्ने विश्वास लिइएको छ । खोप लगाएपछि व्यक्तिले भाइरस सार्न पनि सक्दैन भने त्यसले अप्रत्यक्ष रूपमा खोप नलगाएका व्यक्ति पनि सुरक्षित हुन पुग्ने वैज्ञानिकलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

यसले कोरोना महामारी नियन्त्रणमा ठूलो सफलता प्राप्त हुने खबरमा दाबी गरिएको छ । अक्सफोर्ड विश्वविद्यालयले गरेको अध्ययनमा सहभागीलाई हरेक हप्ता भाइरस रहे नरहेकोबारे परीक्षण गरिएको थियो । अध्ययनमा खोपको दुई मात्रा प्राप्त गरेका व्यक्तिमा परीक्षणमा भाइरस देखिने आँकडा आधाले घटेको पाइयो ।

साथै यो खोपको एकै मात्राको प्रयोगले पनि मानिसलाई कोरोनाबाट राम्रो सुरक्षा दिइरहेको पाइएको अध्ययनले देखाएको छ । पहिलो मात्रा लिइसकेपछिको तीन महिनासम्म पनि खोप ७६ प्रतिशत प्रभावकारी रहेको पाइएको छ । अध्ययनमा बेलायत, दक्षिण अफ्रिका तथा ब्राजिलका १७ हजार मानिस सहभागी थिए ।

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया