कोरोनाबाट विदेशमा ज्यान गुमाएका श्रमिकका परिवारलाई आईएमई भरोसा कोषको सहयोग

 माघ २१, २०७७ बुधबार १२:१४:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कोरोनाका कारण विदेशमा ज्यान गुमाएका श्रमिकका आफन्तलाई आईएमईले सहयोग गरेको छ ।

कोरोना भाइरसको महामारीका कारण विदेशमा ज्यान गुमाउनेका परिवारलाई सहयोग गर्ने उद्देश्यका साथ स्थापित आईएमई ‘भरोसा कोष’ अन्तर्गत प्रदेश नं. २ का लाभग्राहीहरूलाई रकम हस्तान्तरण गरिएको आईएमईले जनाएको छ ।

आईएमई ग्रुपद्वारा मंगलबार प्रदेश नं. २ को राजधानी जनकपुरमा आयोजित एक विशेष कार्यक्रमकाबीच प्रदेश नं. २ का मूख्यमन्त्री लालबाबु राउतले उक्त कोषबाट रकम प्राप्त गर्ने १५ जना लाभग्राहीहरुलाई चेक हस्तान्तरण गर्नुभयो । चेक हस्तान्तरण कार्यक्रममा  आईएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल एवम् ग्रुपमा कार्यरत उच्च पदस्थ कर्मचारीहरुको सहभागिता रहेको थियो ।

चेक हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले आईएमईले उत्तरदायित्व स्वरुप प्रदान गरेको भरोसा कोषको लागि प्रदेश सरकारको तर्फबाट धन्यवाद व्यक्त गर्नुभयो । वैदेशिक रोजगारका सिलसिलामा विदेशमा गइ काम गर्दै गर्दा कोरोनाका कारण ज्यान गुमाएकाहरुलाई सानै भए पनि सहयोग रकम वितरण गरेर आईएमईले आफ्नो दायित्व पूरा गरेको बताउँदै प्रदेश २ बाट वैदेशिक रोजगारीमा जाने धेरै भएको बताउनु भयो ।

कोषबाट आवेदकहरूलाई जनही ५० हजार रुपैयाँका दरले सहयोग रकम प्रदान गरिँदै आएको छ । 
 

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया