आगोमा जलेर बालकको ज्यान गयो

 माघ २१, २०७७ बुधबार १३:२६:२५ | दमन राई
unn.prixa.net

प्रतिकात्मक तस्बिर

खोटाङ – आगोमा जल्दा खोटाङमा ७ वर्षीय बालकको ज्यान गएको छ ।

भत्किएको घरमा कुन्यु बनाएर राखिएको खर र परालमा आगो लाग्दा रावाबेँसी गाउँपालिका–४ डुम्रेधारापानी सिम्लेका जेसन मगरको ज्यान गएको हो । हिजो साथीहरुसँग खेल्न गएको बेला आगो खेलाउने क्रममा आगो लाग्दा बालकको ज्यान गएको रावाबेँसी गाउँपालिकाका अध्यक्ष लिलानाथ निरौलाले बताउनुभयो । जेसनसँगै खेल्न गएका दुई बालक भने भागेर बाँचेका छन् ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

दमन राई

खोटाङमा बसेर पत्रकारिता गर्ने दमन राई उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया