दिनभरको उतारचढावपछि २४ सय ६६ अङ्कमा रोकियो नेप्से

 माघ २१, २०७७ बुधबार १६:१३:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजार परिसूचक नेप्से झण्डै सात अङ्कले घटेको छ । बुधवार दिनभरिको उतारचढावपछि बन्द हुने बेलामा नेप्से ६ दशमलव ८१ अङ्कले घटेर २४ सय ६६ दशमलव ९२ विन्दुमा झरेको हो । कारोबार सुरु भएको केही बेरमै नेप्से २५ सय १९ विन्दुसम्म पुगेको थियो ।

बुधवार बैंक, जलविद्युत्, माइक्रोफाइनान्स र म्युचल फण्डबाहेक अरू सबै समूहको शेयर घटेको छ । व्यापार समूहको शेयर ६५ अङ्कले, होटलको ३० अङ्कले, विकास बैंकको ११, फाइनान्सको १९, जीवन बीमाको एक सय ९७, निर्जीवन बीमाको एक सय तीन, उत्पादनको एक सय एक र अन्य समूहको शेयर १७ अङ्कले घटेको छ ।

बुधवार दुई सय दुई कम्पनीका दुई करोड २० लाख कित्ता शेयर नौ अर्ब ५३ करोड १७ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै ग्लोबल आईएमई बैंकको ६० करोड ८० लाख रुपैयाँको शेयर किनबेच भयो ।

पोखरा फाइनान्सका शेयरधनीले झण्डै आठ प्रतिशत गुमाएका छन् । समग्र बजार घटे पनि स्वाभिमान लघुवित्तका लगानीकर्ताले १० प्रतिशत कमाएका छन् । 

अन्तिम अपडेट: जेठ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया