सामाजिक सञ्जालको माध्यमबाट नागरिक विरोध प्रदर्शनमा जुट्न नसकुन् भन्दै म्यानमारमा इन्टरनेट सेवा अवरुद्ध

 माघ २४, २०७७ शनिबार १७:४१:५६ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – म्यानमानरमा इन्टरनेट सेवा अवरुद्ध पारिएको छ । सैन्य कूको विरोधमा जनताहरु सडकमा उत्रिएपछि इन्टरनेट सेवा अवरुद्ध पारिएको बीबीसीले जनाएको छ ।

इन्टरनेट मनिटरिङ समूह नेटब्लक इन्टरनेट अब्जरभेटरीले म्यानमारमा इन्टरनेट सेवामध्ये जम्मा १६ प्रतिशतले मात्र काम गरिरहेको जनाएको छ ।

सामाजिक सञ्जालको माध्यमबाट विरोध प्रदर्शनमा जुट्न नागरिकहरुलाई अप्ठ्यारो होस् भन्दै ट्विटर र इन्टाग्राममा पनि रोक लगाएको छ । फेसबुक भने हिजो नै बन्द गरिएको थियो ।

दंगा नियन्त्रक प्रहरीले शहरको केन्द्र भागमा जाने बाटोहरु बन्द गरेका छन् । इन्टरनेट बन्द गरिएको विषयमा सेनाले कुनै टिप्पणी गरेको छैन । गएको सोमबार आङसाङ सू की लगायतका नेतालाई पक्राउ गर्दै सम्पूर्ण अधिकार सेनाले आफ्नो हातमा लिएसँगै त्यहाँकाे नागरिक प्रजातन्त्रकाे माग र सैनिक कूकाे विराेधमा सडकमा प्रदर्शन गरिरहेका छन् । 
 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया