पश्चिमी वायुको सामान्य प्रभाव : कोशी र गण्डकी प्रदेशका पहाडी ए...
मंसिर ९, २०८१ आइतबार
काठमाण्डाै – शेयर बजार परिसूचक नेप्से साेमवार साढे ३७ अङ्कले बढेको छ । बैंकिङ समूहको शेयर ६२ अङ्कले बढेसँगै नेप्से ३७ दशमलव ४८ अङ्कले बढेर २५ सय ६१ दशमलव ४७ विन्दुमा पुगेको छ ।
साेमवार होटल समूहको शेयर २८ अङ्कले, विकास बैंक समूहको ८६ अङ्कले, फाइनान्सको २२ अङ्कले, अन्यको नौ र जीवन बीमा समूहको शेयर दुई सय ११ अङ्कले बढेको छ । व्यापार, जलविद्युत्, निर्जीवन बीमा, उत्पादन र माइक्रोफाइनान्स समूहको शेयर घटेको छ ।
साेमवार दुई सय ६ वटा कम्पनीका दुई करोड ११ हजार कित्ता शेयर १० अर्ब ६१ करोड ९१ लाख रुपैयाँमा कारोबार भए । नेपाली शेयर बजारमा यो अहिलेसम्मकै धेरै कारोबार रकम हो । सबैभन्दा धेरै प्रभु बैंकको ६२ करोड १३ लाख रुपैयाँको शेयर किनबेच भयो ।
साेमवार ग्रामीण विकास लघुवित्त र प्रभु बैंकका लगानीकर्ताले नौ प्रतिशतभन्दा धेरै कमाएका छन् । समग्र बजार बढे पनि हिमालय ऊर्जा विकास कम्पनी र उन्नति सहकार्य लघुवित्तका शेयरधनीले ६ प्रतिशतभन्दा धेरै गुमाएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।