‘देशमा लाेकतन्त्र खतरामा परेकाले अन्तर्राष्ट्रिय समुदायसँग समर्थनका लागि अपिल गरेका छाैँ’

 माघ २७, २०७७ मंगलबार १९:४:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले निरङ्कुश ढङ्गले आफ्नो शासन अवधि लम्ब्याउन खोजेको र त्यो पूरा नहुने बताउनुभएकाे छ ।

नेपालबाट अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका लागि काम गर्दै आएका पत्रकारहरूसँग मङ्गलबार काठमाण्डौमा भएको भेटमा अध्यक्ष दाहालले देशमा लोकतन्त्र खतरामा परेकाले सबै लोकतन्त्रवादी अन्तर्राष्ट्रिय समुदायसँग समर्थनका लागि अपिल पनि गरिएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘यसबीचमा हाम्रो अलग–अलग सबैसँग कुरा भइरहेको छ । भारतसँग, चीनसँग, अमेरिकासँग, युरोपियनसँग पनि कुरा भइरहेको छ र हामीले सार्वजनिक अपिल पनि गरेका छौँ अन्तर्राष्ट्रिय समुदायलाई । नेपालमा लोकतन्त्रको हत्या भइरहेको छ, लोकतन्त्रको पक्षमा हुने सबैको समर्थन नेपाली नागरिकलाई चाहियो भनेर औपचारिक अपिल गरेका छौँ । अलग–अलग भेटेर कुरा पनि गरेका छौँ ।’ 

उहाँले आवश्यकताअनुसार सामूहिक भेटघाटको पनि आयोजना गर्न सकिने सङ्केत गर्नुभयो । 

कार्यक्रममा नेता दाहालले प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णय सदर भएको खण्डमा नेपाल ठूलो राजनीतिक भुमरीमा फस्ने बताउनुभएको छ । उहाँले बाहिर सुन्नमा आएजस्तै सेटिङअनुसार नै निर्वाचन आयोग र सर्वोच्च अदालतको निर्णय आयो भने देश ठूलो राजनीतिक भुमरीमा फस्ने चेतावनी दिनुभएको हो । यद्यपि आफूहरू संविधानको अक्षर र भावनाअनुसार नै न्यायालयबाट निर्णय आउनेमा विश्वस्त रहेको उहाँले स्पष्ट पार्नुभयो ।  

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • सबिन बस्नेत

    Feb. 10, 2021, 9:36 a.m.

    पार्टीको बिबादमा देशलाइ मुछियो ।अब नपुगेर अन्तर्राष्ट्रिय जगतलाइ गुहारेर बिदेशी हस्तक्षेप बढाउन खोजेछ माधव,प्रचण्ड समुहले । प्रधानमन्त्री पद र आफ्नो समुहको लागि देश र जनतालाइ धोका दिनेहरुलाइ चिनौ । यो डेढ महिनाको सत्ता संघर्षमा बिदेशी राष्ट्र नबोल्नुको अर्थ अलोकतान्त्रिक केपि होइन मार्चण्ड समुह छ भन्ने देखिसक्यो त ।कि सहमती गर्नु कि चुनावमा जानू नै उपयुक्त हुनेछ ।

  •  0 Reply

तपाईको प्रतिक्रिया