ट्रम्पमाथिको महाअभियोग : सिनेटले भन्यो सुनुवाइ संवैधानिक छ

 माघ २८, २०७७ बुधबार ९:५६:५३ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथिको महाअभियोगको सुनुवाइ प्रक्रिया सिनेटमा औपचारिक रुपमा सुरु भएको छ ।

सिनेटमा भएको मतदानमा महाअभियोग संविधान सम्बद्ध रहेको घोषित भएपछि सुनुवाइ प्रक्रिया अघि बढेको हो । महाअभियोगको सुनुुवाइ प्रक्रिया अघि बढाउने पक्षमा डेमोक्र्याटिक पार्टीका सबै ५० तथा रिपब्लिकनका ६ सिनेटरले मत दिएका हुन् । सुनुवाइ प्रक्रिया अघि बढे पनि सिनेटले ट्रम्पलाई दोषी ठहर गर्ने सम्भावना भने कम रहेको बीबीसीले जनाएको छ ।

यसअघि  पूर्व राष्ट्रपति ट्रम्पका वकिलहरुले उनीमाथि लागेको महाअभियोगको जवाफ प्रस्तुत गरेका थिए । उनीहरुले जनवरी ६ तारिखमा संसद भवनमा भएको हिंसात्मक आक्रमणमा ट्रम्पको कुनै संलग्नता नरहेको दाबी गर्दै आएका छन् । 
 

अन्तिम अपडेट: भदौ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया