विदेशमा रहेका काेराेना सङ्क्रमित नेपालीमध्ये ९७ प्रतिशत​ सङ्क्रमणमुक्त

 फागुन ३, २०७७ सोमबार १०:२१:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – विदेशमा रहेका काेराेना सङ्क्रमित नेपालीमध्ये ९७ प्रतिशत​ सङ्क्रमणमुक्त भएका छन् । 

गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका संयोजक सञ्जीव सापकोटाका अनुसार शनिबार साँझसम्म विभिन्न ५० देशमा रहेका ६० हजार १२१ जना नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये ५८ हजार चार सय ३२ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुने दर ९७ प्रतिशत छ ।

गैरआवासीय नेपाली सङ्घको स्वास्थ्य समितिका अनुसार यो हप्ता अष्ट्रेलिया, स्पेन, बेलायत, युएई, साउदी अरबमा रहेका थप नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ ।  यस्तै काेराेनाकाे सङ्क्रमणबाट विदेशमा यो हप्ता थप दुई जना नेपालीको ज्यान गएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार यो हप्ता बेलायतमा दुई जनाको सङ्क्रमणबाट ज्यान गएको हो । योसहित २१ देशमा कोरोना भाइरस सङ्क्रमणले ज्यान गुमाउने नेपालीको सङ्ख्या तीन सय ३५ जना पुगेको छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया