कृषि बालीमा धेरै विषादीको प्रयोग नगर्न कृषिमन्त्री अधिकारीको ...
माघ २६, २०८१ शनिबार
काठमाण्डाै – पुनर्निर्माण भएको सिंहदरबारको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको छ । २०७२ सालको भूकम्पले क्षतिग्रस्त भएको पूर्व, उत्तर र दक्षिणी भागको प्रबलीकरण गरिएपछि प्रधानमन्त्री ओलीले साेमवार उद्घाटन गर्नुभएको हो ।
उद्घाटनसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय साेमवारदेखि अब सिंहदरबारबाटै सञ्चालन हुनेछ । सिंहदरबारको मूल भवनमा ७० महिनापछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सारिएको हो ।
झण्डै ६ वर्षअघिको भूकम्पले क्षतिग्रस्त भएपछि २०७२ साल वैशाख १२ गतेपछि देशको प्रमुख कार्यकारी बस्ने भवन सिंहदरबार परिसरकै स्थानीय विकास मन्त्रालयको भवनमा सारिएको थियो । सिंहदरबार मूल भवनको बगैँचामा दुबो रोप्ने, सरसफाइलगायत काम पनि सम्पन्न भएको छ ।
सिंहदरबार राणा प्रधानमन्त्री चन्द्रशम्शेर जबराको पालामा निर्माण भएको हो । पश्चिम खण्ड २०३० सालको आगलागीबाट बचेको मौलिक भाग हो । आगलागीबाट उत्तर, पूर्व र दक्षिण भाग जलेर नष्ट भएको थियो । यसको २०३७ सालमा पुरानै शैलीमा पुनःनिर्माण गरिएको हो ।
सिंहदरबार राणा प्रधानमन्त्री चन्द्र शमशेरले आफ्नो निजी निवासको रूपमा १९६० सालमा बनाउन लगाएको ऐतिहासिक तथ्य छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।