कोरोना महामारीमा देशको स्वास्थ्य संरचनामा उल्लेखनीय प्रगति

 फागुन ४, २०७७ मंगलबार ७:१९:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - कोरोना महामारीका कारण देशको स्वास्थ्य संरचनामा उल्लेखनीय प्रगति भएको छ ।

महामारी नियन्त्रणका लागि आवश्यक भौतिक, प्राविधिक तथा जनशक्ति जुटाउने क्रममा स्वास्थ्य संरचनामा उल्लेखनीय प्रगति भएको हो ।

सरकारले तीन वर्षमा गरेको उपलब्धि सार्वजनिक गर्ने कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको प्रगति विवरणअनुसार अस्पताल र स्वास्थ्य चौकीमा ३८ दशमलव चार प्रतिशत शैय्या वृद्धि भएको छ । यसअघि अस्पताल र स्वास्थ्य चौकीमा ६ हजार चार सय ९० शैय्या रहेकामा दुई हजार चार सय ९२ थप गरी आठ हजार नौ सय ८२ पुगेको छ ।

यस वर्षमात्रै तीन सय नौ वटा पालिकामा आधारभूत अस्पताल निर्माणको लागि शिलान्यास गरिएको छ । आउँदाे दुई वर्षभित्र सम्पन्न हुने पालिकास्तरका अस्पतालमा थप आठ हजार शैय्या थपिनेछन् । यस्तै सघन उपचार कक्ष (आईसीयू) का चार सय र भेन्टिलेटरसहितको उच्च निर्भरताका दुई हजार शैय्या थप भएका छन् ।

यस्तै पीसीआर परीक्षण गर्न सकिने ८३ वटा प्रयोगशाला पनि स्थापना भएका छन् । महामारीका कहरमा व्यवस्था गरिएका यी संरचनाहरुले आउँदो दिनमा अरु रोगका बिरामीको उपचारका लागि पनि सहज हुने सरकारले जनाएको छ । 

अन्तिम अपडेट: मंसिर २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया