नेप्सेले २६ सय विन्दु नाघ्यो, बैंकिङ समूह उकालो लागेपछि साढे १५ अङ्कको वृद्धि

 फागुन ४, २०७७ मंगलबार १५:५४:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजार परिसूचक नेप्से मङ्गलवार साढे १५ अङ्कले बढेको छ । बैंकिङ समूहको शेयर उकालो लागेपछि नेप्से १५ दशमलव पाँच शून्य अङ्कले बढेर २६ सय एक दशमलव ५१ विन्दुमा पुगेको हो ।

नेप्से अहिलेसम्म २६ सय विन्दुमा पुगेको थिएन । मङ्गलवार बैंकिङ समूहको शेयर ३८ अङ्कले, विकास बैंक समूहको शेयर ६ अङ्कले र अन्य समूहको शेयर साढे पाँच अङ्कले बढेको छ । व्यापार, होटल, जलविद्युत्, फाइनान्स, माइक्रोफाइनान्स, उत्पादनलगायत अन्य समूहको शेयर भने घटेको छ ।

मङ्गलवार दुई सय आठ कम्पनीका एक करोड ७७ लाख ३२ हजार कित्ता शेयर १० अर्ब तीन करोड रुपैयाँमा कारोबार भए । सबैभन्दा धेरै नबिल बैंकको ५४ करोड ४४ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

चन्द्रागिरि हिल्सका लगानीकर्ताले १० प्रतिशत र निफ्रासहित पाँच वटा कम्पनीका लगानीकर्ताले नौ प्रतिशतभन्दा धेरै कमाएका छन् । साधना लघुवित्तका लगानीकर्ताले भने ६ प्रतिशतभन्दा धेरै गुमाएका छन् । 

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया