कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै : महाधिवेशनको नयाँ मिति तय गर्ने

 फागुन ५, २०७७ बुधबार ७:५१:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । पर्सि ७ गतेदेखि १० गते सम्म हुने भनिएको चौधौं महाधिवेशन सम्भव नभएपछि नयाँ मिति तय गर्न कांग्रेसले बैठक बोलाएको हो ।

केन्द्रीय महाधिवेशनको मिति परिमार्जन गरी नयाँ मिति तय गर्न केन्द्रीय कार्यालय सानेपामा दिउँसो दुई बजे बैठक बस्न लागेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । प्रतिनिधि सभा विघटन सम्बन्धी विषयलाई सर्वोच्च अदालतले टुङ्गो लगाएपछि मात्रै राष्ट्रिय राजनीतिले मार्ग प्राप्त गर्ने भएकाले त्यसपछि नयाँ मिति तय गर्ने अथवा अगाडि नै तय गर्ने भन्ने सम्बन्धमा समेत छलफल हुने प्रवक्ता शर्माले बताउनुभयो ।

बैठकमा पार्टीको आन्तरिक समस्या, क्रियाशिल सदस्यता वितरण लगायतका विषयमा पनि छलफल हुने उहाँले बताउनुभयो । 
 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया