विद्युत् प्राधिकरणको नाफा तीन महिनामा नौ अर्ब ११ करोड ३२ लाख रुपैयाँ

 पुष ३, २०८१ बुधबार ८:५९:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको तीन महिनामा नौ अर्ब ११ करोड ३२ लाख रुपैयाँ बराबरको नाफा कमाएको छ । यो करकट्टी गर्नुअघिको नाफा हो ।

गएको साउन, भदौ र असोज मसान्तसम्म ब्याज तथा अन्य आम्दानीसमेत गरी कुल आम्दानी ४१ अर्ब ८० करोड ६८ लाख रुपैयाँ रहेको छ । तीन महिनामा ३२ अर्ब ६९ करोड ३६ लाख रुपैयाँ बराबरको खर्च भएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले आफ्ना र सहायक कम्पनीबाट ८७ करोड ५२ लाख र अन्य निजी उत्पादक कम्पनीबाट तीन अर्ब २२ करोड ९५ लाख गरी जम्मा चार अर्ब १० करोड ४७ लाख युनिट बिजुली खरिद गरेको छ । त्यसका लागि २१ अर्ब नौ करोड १७ लाख रुपैयाँ बराबरको भुक्तानी गरिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो ।

गएको साउनदेखि असोज मसान्तसम्म भारतबाट बिजुलीको आयात गरिएको छैन । असोज १०, ११ र १२ गतेको अविरल वर्षा र बाढीका कारण अपेक्षित निर्यात हुन नसके पनि  आयात भने गर्नु नपरेको प्राधिकरणको भनाइ छ । 
 

अन्तिम अपडेट: पुस ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया