एनपीएलको इलिमिनेटरमा कर्णालीले चितवनलाई दियो एक सय ७६ रनको...
पुस ३, २०८१ बुधबार
काठमाण्डौ – अमेरिकी डलरको भाउ बढेर अहिलेसम्मकै उच्च भएको छ । आज अमेरिकी डलरको बिक्री दर १ सय ३६ रुपैयाँ १४ पैसा पुगेर नयाँ रेकर्ड बनेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
पछिल्लो हप्ता अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ निरन्तर कमजोर बन्दै आएकोले डलरको भाउ हरेक दिन बढीरहेको हो । अस्ति सोमवार एक अमेरिकी डलरको बिक्री दर १ सय ३५ रुपैयाँ ९७ पैसा थियो ।
हिजो बढेर १ सय ३६ रुपैयाँ ९ पैसा पुगेकामा आज फेरि बढेर १ सय ३६ रुपैयाँ १४ पैसा पुगेको राष्ट्र बैंकले जनाएको छ । आजका लागि एक अमेरिकी डलरको खरिद मूल्य भने १ सय ३५ रुपैयाँ ५४ पैसा तोकिएको छ ।
राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको भाउ बढोस वा घटोस त्यसको प्रत्यक्ष असर नेपाली रुपैयाँमा पर्दैन । तर डलरको भाउमा आएको उतारचढावले भारतीय मुद्रा (भारु) प्रत्यक्ष प्रभावित हुने र त्यसको असरले नेपाली मुद्रा बलियो वा कमजोर हुने गरेको छ ।
यसैबीच आज युरोपियन युरो, युके पाउन्ड स्ट्रलिङ, चिनियाँ युआन, साउदी अरेबियन रियाल, कतारी रियाल, यूएई दिराम, स्वीडिस क्रोनर, हङकङ डलर, कुवेती दिनार, बहराइन दिनार, ओमनी रियालको मूल्य बढेको छ ।
यस्तै, स्वीस फ्रयाङ्क, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, थाई भाट र साउथ कोरियन वनको भने भाउ घटेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।