नेप्से झण्डै १० अङ्कले बढ्यो, निफ्राको मात्रै ६९ करोड रुपैयाँको शेयर कारोबार

 फागुन ५, २०७७ बुधबार १५:४१:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – शेयर बजार बुधवार झण्डै १० अङ्कले बढेको छ । नेप्से नौ दशमलव ९४ अङ्कले बढेर २६ सय ११ दशमलव ४५ विन्दुमा पुगेको हो । 

बुधवार बैंकिङ समूहको शेयर झण्डै ३० अङ्कले, व्यापार समूहको ५९ अङ्कले, विकास बैंकको साढे तीन अङ्कले र अन्य समूहको शेयर १० अङ्कले बढेको छ । होटल, जलविद्युत्, फाइनान्स, माइक्रोफाइनान्स, उत्पादन, जीवन बीमा र निर्जीवन बीमा समूहको शेयर भने घटेको छ । 

बुधवार दुई सय तीन कम्पनीका एक करोड ७६ लाख कित्ता शेयर आठ अर्ब तीन करोड ५५ लाख रुपैयाँमा कारोबार भए । सबैभन्दा धेरै निफ्राको ६९ करोड ४३ लाख रुपैयाँको शेयर किनबेच भएको छ । 

बुधवार निफ्रा, कर्पोरेट विकास बैंक, हिमालय ऊर्जा विकास कम्पनी र समृद्धि फाइनान्सका शेयरधनीले नौ प्रतिशतभन्दा धेरैका दरले कमाएका छन् । सनराइज फस्र्ट म्युचल फण्डका लगानीकर्ताले चार प्रतिशतभन्दा धेरै गुमाएका छन् ।  

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया