कृषि बालीमा धेरै विषादीको प्रयोग नगर्न कृषिमन्त्री अधिकारीको ...
माघ २६, २०८१ शनिबार
काठमाण्डाै – अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले प्रधानमन्त्रीले अवहेलना मुद्दाको जवाफ दिन अदालत आउनुले हाम्रो देशमा कानुनी शासन छ र प्रधानमन्त्रीले कानुनलाई सम्मान गर्नुभएको छ भन्ने देखाएको बताउनुभएकाे छ ।
अधिवक्ता न्यौपानेले प्रधानमन्त्री ओली अदालतमा लिखित जवाफसहित स्वयं उपस्थित हुनुले अदालतको सम्मान हुनुका साथै प्रधानमन्त्री पदको पनि सम्मान भएको बताउनुभयो । प्रधानमन्त्री ओलीले कानुनी शासन र संविधानप्रति दृढ छु भन्ने सन्देश दिनुभएको पनि अधिवक्ता न्यौपानेले बताउनुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि लागेको अवहेलनासम्बन्धी मुद्दाको लिखित जवाफ सर्वोच्च अदालतमा पेस गर्नुभएको हाे ।
प्रधानमन्त्री ओलीले बिहीवार सर्वोच्च अदालतमा उपस्थित भइ अवहेलना मुद्दाको लिखित जवाफ पेस गर्नुभएको हो । प्रधानमन्त्री ओलीकाे सिफारिसमा गएकाे पुस ५ गते भएकाे प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा सुनुवाइ चलिरहेको बेलामा संवैधानिक इजलासमा भइरहेको बहसलाई उहाँले तमासाको संज्ञा दिनुभएको थियो ।
रिट निवेदकको पक्षमा बहस गर्नुभएका ९४ वर्षीय वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले ‘एक जना बाजे वकिललाई पनि लिएर गएछन्, तमासा देखाउन’ भन्ने अभिव्यक्ति दिनुभएको थियो ।
प्रधानमन्त्री ओलीविरुद्ध वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले छुट्टाछुट्टै दर्ता गराएको अवहेलना मुद्दामा माघ १५ गते प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले प्रधानमन्त्री ओलीलाई लिखित जवाफ पेस गर्न आदेश दिएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।