फोरमले मन्त्रीको नाम आज टुंग्याउने सम्भावना

 जेठ १७, २०७५ बिहिबार ७:३८:५१ | उज्यालो सहकर्मी

काठमाडौं, जेठ १७ – संघीय समाजवादी फोरमले आफ्नो भागमा परेका २ जना मन्त्री र एक राज्यमन्त्रीको नाम विहीबार टुंगो लगाउनसक्ने सम्भावना बढेको छ ।

केन्द्रीय कार्यसम्पादन समितिको बैठकले मन्त्री बन्नेको नाम टुंगो लगाउने जिम्मा अध्यक्ष उपेन्द्र यादवलाई दिएकाले उहाँले केही नेताहरुसँग परामर्श गरेर नाम टुंगो लगाउने फोरमका नेताहरुले जानकारी दिएका छन् । अध्यक्ष यादवले नामका बारेमा आन्तरिक गृहकार्य र परामर्श गरिरहेको पनि नेताहरुले बताएका छन् । फोरमले स्वास्थ्य मन्त्रालय र शहरी विकास मन्त्रालयमा दुईजना मन्त्री र एकजना राज्यमन्त्री पाएको छ ।

मन्त्री बन्नेको सूचिमा नेताहरु रामसहाय यादव, मोहम्मद इस्तियाक राइन, रेणुकुमारी यादव, राजेन्द्र श्रेष्ठलगायतको नाम चर्चामा छ । पार्टीभित्र मन्त्री चयन गर्ने कुरामा कुनै विवाद नरहेको र अध्यक्षले उचित निर्णय गर्ने नेता श्रेष्ठले जानकारी दिनुभयो । यसअघि नै उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री बनिसकेकाले अध्यक्ष उपेन्द्र यादव मन्त्री बन्ने सम्भावना नरहेको नेताहरुको भनाई छ । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया