नेप्से साढे तीन अङ्कले बढ्याे, माथिल्लाे तामाकाेशी र शिव श्री हाइड्राेपावरका लगानीकर्ताले १० प्रतिशत कमाए

 फागुन ९, २०७७ आइतबार १६:२९:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजार आइतवार साढे तीन अङ्कभन्दा धेरैले बढेको छ । नेप्से ३ दशमलव ६६ अङ्कले बढेर २६ सय ४० अङ्कमा पुगेको हो । 

आइतवार जलविद्युत् समूहको शेयर ८३ अङ्कले, अन्यको ३९ अङ्कले, विकास बैंकको २९ अङ्कले, ट्रेडिङको १६ अङ्कले र होटलको १२ अङ्कले बढेको छ । जीवन बीमा समूहको शेयर तीन सय ६१ अङ्कले, निर्जीवन बीमा समूहको ८३ अङ्कले र माइक्रोफाइनान्सको ४५ अङ्कले घटेको छ ।

आइतवार दुई सय सात कम्पनीका दुई करोड ४३ लाख कित्ता शेयर आठ अर्ब ८३ करोड रुपैयाँमा कारोबार भए । सबैभन्दा धेरै नेपाल बैंक लिमिटेडको ६१ करोड र निफ्राको ५५ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । 

आइतवार माथिल्लो तामाकोशी हाइड्रोपावर लिमिटेड र शिव श्री हाइड्रोपावरका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । बेस्ट फाइनान्स कम्पनी, किसान लघुवित्त वित्तीय संस्था र सबैको लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले भने तीन प्रतिशतभन्दा धेरैका दरले गुमाएका छन् ।  

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया