भान्जाकाे अपहरण गरेर १ कराेड फिराैती माग्ने मामा सार्वजनिक

 फागुन ९, २०७७ आइतबार १९:१९:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

धनुषा – भान्जालाई अपहरण गरी फिरौती माग्ने मामालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले आइतवार पत्रकार सम्मेलन गरी भान्जाको अपहरण गरेका महोत्तरी जिल्ला पिपरा गाउँपालिका ७ का लक्ष्मेश्वर दासलाई सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) प्रकाश रानाभाटले अनुसन्धानका क्रममा आर्थिक प्रलोभनमा परेर अपहरण गरेको पाइएको बताउनुभयो । 

धनुषाको नगइराइन नगरपालिका ६ काे लग्माबाट सात वर्षीय चन्दन दासलाई शनिबार दिउँसो १ बजे मोटरसाइकलमा बसाएर लक्ष्मेश्वर दासले अपहरण गरेका थिए । प्रहरीले बालकलाई शनिवार साँझ आठ बजे जनकपुर उपमहानगरपालिका ७ कटैयाचौरीकाे सरोज ठाकुरको घरबाट उद्धार गरेको थियो । 

बालकलाई अपहरण गरेपछि बालकको आमालाई फोन गरी मामा दासले एक करोड रुपैयाँ फिरौती मागेका थिए । त्यसलगत्तै प्रहरीले खोजी सुरु गरेको थियो । प्रहरीका अनुसार अपहरित बालकलाई परिवारजनको जिम्मा लगाइ सकिएको छ भने घटनामा संलग्न रहेको आशङ्कामा अन्य दुई जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको छ ।  

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया