तनहुँ जलविद्युत् आयोजनाद्वारा ९७ परिवारलाई क्षतिपूर्ति वितरण
पुस १३, २०८१ शनिबार
काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको शान्तिपूर्ण आन्दोलनबाट जसरी पनि जित्नुपर्ने बताउनुभएको छ ।
उहाँले भन्नुभयो, ‘पुस ५ गतेदेखि आज फागुन ११ गतेसम्म हामी नयाँ युद्ध लडिराखेका छौँ । देशव्यापी युद्ध चलिराखेको छ । तपाईँ हामी सबै युद्धमै छौँ । राज्यको शक्ति प्रयोग गरेर दबाउन बल गर्न खोजिँदैछ । हामी रक्तपातहीन युद्ध, शान्तिपूर्ण युद्ध, नयाँ प्रकारको युद्धमा छौँ ।’
धेरै दुःखले पार्टी एकताबद्ध गरिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अहिले विभाजन गर्न ठूलो षड्यन्त्र भइराखेको बताउनुभयो । आफूहरू एकताबद्ध भएर देशमा नयाँ आयाम ल्याउन खोजेको भए पनि प्रधानमन्त्री ओलीले पार्टीलाई फुटाउने र व्यवस्थालाई विघटन गर्ने बाटो रोजेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘पार्टी धेरै दुःखले एकताबद्ध गरिएको हो । धेरै मेहनत गरिएको हो । हामी सबैको समर्थन र योगदान त्यसमा छ । यसलाई विभाजन गर्ने निकै ठूलो षड्यन्त्र र कसरत अहिले भइ नै राखेको छ । भइ नै सक्या छ ।’
काठमाण्डौको प्रज्ञा प्रतिष्ठानमा ‘जनयुद्धको हस्ताक्षर’ नामक पुस्तक विमोचन कार्यक्रममा उहाँले प्रतिनिधि सभा विघटनको मुद्दामा सर्वाेच्च अदालतले सही फैसला गर्ने विश्वाससमेत व्यक्त गर्नुभयो । उहाँले प्राप्त उपलब्धिको रक्षाका लागि प्रतिगमनविरुद्ध फेरि आन्दोलनमा उत्रिनुपरेको तर राज्य शक्तिको दुरुपयोग गरेर प्राप्त उपलब्धिलाई दबाउन खोजिएको आरोप लगाउनुभएको छ ।
प्रचण्डले २०५२ सालमा सशस्त्र द्वन्द्व सुरु गर्दा सबैभन्दा बढी पृथ्वीनारायण शाहले गरेका युद्धको रणनीति अध्ययन गरेर सुरु गरेको समेत बताउनुभयो । सशस्त्र द्वन्द्व नै नेपालका लागि सबैभन्दा ठूलो परिघटना भएको दाबी गर्दै उहाँले देशलाई अगाडि बढाउन सशस्त्र द्वन्द्वले ठूलो उपलब्धि हासिल गरेको तर्क गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।