सत्यकाे जित भयाे : प्रचण्ड

 फागुन ११, २०७७ मंगलबार २०:५०:५० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहकाे अध्यक्षले सर्वाेच्च अदालतले प्रतिनिधि सभा विघटन बदर गरेकोप्रति खुसी व्यक्त गर्नुभएको छ । 

प्रतिनिधि सभा विघटनको निर्णय बदरपछि नेता दाहालले सत्यको जित भएको प्रतिक्रिया दिनुभएको छ । भोलिको विरोध सभाका लागि चितवन पुग्नुभएका प्रचण्डले सर्वोच्च अदालतको निर्णयको स्वागत गर्दै सत्यको जित भएको बताउनुभएको हो ।

उहाँले अदालतकाे निर्णयकाे प्रशंसा गर्दै यसलाई सबैले सम्झिने बताउनुभएकाे हाे । सर्वाेच्चकाे आदेशपछि चितवनमा रहेका प्रचण्ड र अर्का अध्यक्ष माधवकुमार नेपाललगायतका नेताहरूले खुसी मनाएका छन् । 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया