काठमाण्डौको मौसम सफा, केही पहाडी क्षेत्रमा भने बेलुका हल्का वर्षाको सम्भावना

 फागुन १२, २०७७ बुधबार ७:४४:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अहिले काठमाण्डौ उपत्यकासहित आसपासका क्षेत्रको मौसम सफा छ । दिउँसो पछि उपत्यकाको मौसम आंशिक बद्ली हुने सम्भावना रहे पनि घामलाई कुनै असर नगर्ने मौसमविद् मञ्जू बासीले बताउनुभयो ।

उहाँका अनुसार आज उपत्यकासहित वाग्मती प्रदेशका धेरैजसो ठाउँको मौसम सामान्यतया सफा नै रहनेछ । यस्तै, अहिले तराईका धेरैजसो ठाउँमा हल्का हुस्सु कुहिरो लागेको छ । हुस्सु कुहिरो विस्तारै हट्दै जाने उहाँले बताउनुभयो ।

आज बेलुका प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा भने हल्का पानी पर्ने मौसमविद्ले बताएका छन् । मौसमविद्ले तत्काल ठूलो पानी पर्ने सम्भावना भने नरहेको बताएका छन् । 
 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया