स्थायी बासस्थानको आशामा बित्यो काभ्रेका बाढीपहिरो पीडितको एक ...
कात्तिक १६, २०८१ शुक्रबार
यो वर्षको दीपावलीमा अभिनेता आमिर खान फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ जस्तो बहुप्रतिक्षित फिल्म मार्फत धमाका गर्ने तयारीमा छन् ।
फ्यानहरु निकै उत्साहका साथ उनको यस फिल्मको प्रतीक्षामा छन् । साथै आमिर खान यस फिल्म पछि अर्को कुन प्रोजेक्टमा काम गर्नेछन त भन्ने जिज्ञासा पनि रहेको छ ।
खबरहरुका अनुसार आमिर खानले अब छिट्टै हलिउडको एक फिल्मको रिमेकमा काम गर्ने बताइएको छ । यस कुराको बारेमा धेरै जानकारी सार्वजनिक नभए पनि आमिर खान प्यारामाउण्ट पिक्चर्सको निर्माणमा बन्ने यस फिल्ममा काम गर्ने तयारीमा छन् ।
आमिर खान गुलशन कुमारको बायोपिकका लागि भूषण कुमारकासँग मिलेर निर्माणको काम गरिरहेका छन् । तर उनी यस फिल्ममा कुनै पनि भूमिका निर्वाह गर्नेछैनन् ।
यसका साथै आमिर रजनीश (ओशो) को बायोपिकमा मुख्य भूमिकामा काम गर्ने तयारीमा छन् ।
खबरहरुका अनुसार आमिरले अहिले यस फिल्मको कामलाई रोकिदिएका छन् । उनलार्ई यस फिल्मको स्क्रिप्ट मन नपरेका कारण फिल्म यूनिटलाई फेरी एक पटक स्क्रिप्टमा काम गर्न लगाएका छन् ।
यसका अलावा अहिले आमिर हलिउड फिल्मको रिमेकमा काम गर्ने तयारीमा छन् । तर फिल्मको तयारी पूरा नभएसम्म आमिरले कुनैपनि प्रतिक्रिया नजानाउने बताइएको छ ।
अहिले यस फिल्मको राइट्सका लागि कुराकानी भइरहेको छ । प्यारामाउण्ट पिक्चर्सको निर्माणमा बन्ने यस फिल्मको सम्पूर्ण तयारी पश्चात आमिरले यस फिल्ममा काम गर्नेबारेको घोषणा गर्नेछन् ।
बलिउडका सुपरस्टार आमिर खानले अब हलिउड फिल्ममा समेत कामगर्ने कुरा अहिले बलिउड फिल्म उद्योग र उनका प्रसंशकहरु बिच चर्चाको विषय बनेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।