नेप्से साढे १२ अङ्कले बढ्यो, निफ्राका लगानीकर्ताले गुमाए पाँच प्रतिशत

 फागुन १२, २०७७ बुधबार १६:१५:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजार परिसूचक नेप्से बुधवार सामान्य बढेको छ । नेप्से १२ दशमलव ५६ अङ्कले बढेर २५ सय ९९ दशमलव शून्य सात विन्दुमा पुगेको छ ।

बुधवार जलविद्युत् र अन्य समूहको बाहेक अरू सबैजसो समूहको शेयर बढेको छ । बैंकिङ समूहको शेयर १५ अङ्कले, व्यापारको साढे एक, होटलको साढे ४६,  विकास बैंकको १८, फाइनान्सको ६,  निर्जीवन बीमाको एक सय ८४, उत्पादनको ५४, माइक्रो फाइनान्सको २२  र जीवन बीमा समूहको शेयर एक सय ८० अङ्कले बढेको छ ।

दुई सय चार कम्पनीका एक करोड ६७ लाख कित्ता शेयर ६ अर्ब ७० करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल बैंकको ८२ करोड र निफ्राको ५६ करोड रुपैयाँको शेयर किनबेच भएको छ ।

निफ्राको शेयर कारोबारमा दिउँसो केहीबेर समस्या आएको थियो ।

आईएमई जनरल इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा धेरै १० प्रतिशत कमाएका छन् । निफ्राका शेयरधनीले पाँच प्रतिशतभन्दा धेरै गुमाएका छन् । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया