समाचार सामग्रीका लागि फेसबुक र गुगलले पैसा तिर्नुपर्ने कानुन अस्ट्रेलियामा पारित

 फागुन १३, २०७७ बिहिबार १३:४२:४ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – समाचार सामग्रीका लागि फेसबुक र गुगलले पैसा तिर्नुपर्ने कानुन अस्ट्रेलियामा पारित भएको छ । यो कानुन संसारकै पहिलो कानुन भएको बताइएकाे छ । 

अमेरिकी प्रविधि संस्थाले यो कानुनको विरोध गरेका थिए । गएको हप्ता यो कानुनका कारण फेसबुकले अस्ट्रेलियामा फेसबुकका समाचार हेर्न र शेयर गर्न बन्द गरेको थियो तर सरकारसँगको वार्तापछि पछि खुला गरिएको थियो । 

वार्तापछि संशोधनसहित कानुन पारित भएको हो । संशोधन कानुनअनुसार फेसबुक र गुगलले केही नियमबाट छुट पाउन सक्ने छन् । तर दुवै कम्पनी अस्ट्रेलियाका ठूला प्रकाशकहरूलाई एकमुष्ठ रकम तिर्न सहमत भएका छन् । 

अस्ट्रेलियाको नयाँ कानुनलाई विश्वका अरू देशमा यस्तै कानुन बनाउने सम्भावनाको परीक्षणका रूपमा लिइएको छ ।

यो कानुन अस्ट्रेलियाको प्रतिनिधि सभाले बिहीवार संशोधनसहित पारित गरेको हो । सिनेटले याे कानुन पारित गरिसकेको थियो ।  

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया