शेयर बजार ४५ अङ्कले घट्यो, निफ्राको ९० करोड रुपैयाँको कारोबार

 फागुन १३, २०७७ बिहिबार १५:५४:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – हप्ताको अन्तिम दिन बिहीवार शेयर बजार झण्डै ४५ अङ्कले घटेको छ । सबै समूहको शेयर ओरालो लागेपछि नेप्से ४४ दशमलव ९४ अङ्कले घटेर २५ सय ५४ दशमलव १४ विन्दुमा झरेको हो ।

बिहीवार बैंकिङ समूहको शेयर साढे ३७ अङ्कले, व्यापारको ५५, होटलको १७, विकास बैंकको ४७, जलविद्युतको २७, फाइनान्सको २५, उत्पादनको ७२, अन्यको ३६, माइक्रोफाइनान्सको ६०, जीवन बीमाको दुई सय ९९ र निर्जीवन बीमा समूहको शेयर एक सय ७६ अङ्कले घटेको छ ।

बिहीवार दुई सय ६ कम्पनीका एक करोड ५८ लाख ५६ हजार कित्ता शेयर ६ अर्ब नौ करोड ८१ लाख रुपैयाँको शेयर कारोबार भए । सबैभन्दा धेरै निफ्राको ९० करोड ३५ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

श्री इन्भेस्टमेन्ट फाइनान्स र आईएमई जनरल इन्स्योरेन्सका लगानीकर्ताले पाँच प्रतिशतभन्दा धेरै गुमाएका छन् । समग्र बजार घटे पनि बिहीवार चन्द्रागिरि हिल्सका लगानीकर्ताले नौ प्रतिशतभन्दा धेरै कमाएका छन् ।   

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया