सर्वोच्चमा प्रचण्डको जवाफ - ‘मैले अदालतको अवहेलना गरेको छैन, सम्मान गरेको छु’

 फागुन १६, २०७७ आइतबार १३:२२:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले सर्वोच्च अदालतको अवहेलना नगरेको दाबी गर्नुभएको छ ।

अवहेलना मुद्दामा सर्वोच्च अदालतमा पुगेर लिखित जवाफ दिएपछि प्रचण्डले आफूले अदालतको सम्मान गर्ने तर अवहेलनाको गलत आरोप लगाइएको बताउनुभयो । सर्वोच्च अदालतले सधैँ नागरिकको भावनाअनुसार काम गरिरहेको सन्दर्भमा आफूले पनि सम्मान गर्ने प्रचण्डको जवाफमा उल्लेख छ ।

अधिवक्ता समिर हायुले अदालतको अवहेलनामा कारबाहीको माग गर्दै दायर गरेको निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले प्रचण्डलाई लिखित जवाफसहित आफैं  उपस्थित हुन आदेश दिएको थियो ।

विराटनगरमा माघ नौ गते भएको कार्यक्रममा अध्यक्ष प्रचण्डले ‘केपी ओलीको निरङ्कुश र स्वेच्छाचारी कदमलाई सही ठहर्याउने काम भयो भने लाखौँ नागरिक सडकमा उतार्ने र गल्ती सच्याइने’ भनेर अभिव्यक्ति दिनुभएको थियो ।

त्यही अभिव्यक्तिलाई लिएर अधिवक्ता हायुले सर्वोच्चमा मुद्दा दायर गर्नुभएको हो । यसअघि प्रधानमन्त्री केपी शर्मा ओली र पाँच जना पूर्व प्रधानन्यायाधीशहरु विरुद्ध पनि अवहेलनाको मुद्दा लागेको थियो । उहाँहरु सबैले आफैँ उपस्थित भएर अदालतमा जवाफ पेस गरिसक्नु भएको छ ।

हेर्नुहाेस् पूर्णपाठ :

अन्तिम अपडेट: पुस १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया