‘नेपाल र भारत प्रतिस्पर्धी हाेइनन् मित्र देश हुन्, सबै खाले समस्...
बैशाख ३, २०७८ शुक्रबार
काठमाण्डाै - ट्राफिक प्रहरीलाई एक सय रुपैयाँ घुस दिन खोज्ने चालक पक्राउ परेका छन् ।
हिजो बेलुका बालाजुमा ड्युटीमा खटिएका ट्राफिक प्रहरी हवल्दार वसन्तकुमार गौतमले ना ५ ख ९१२५ नम्बरको ट्रक चालक बाराका विजय चौधरीसँग कागज पत्र माग्दा उनले एक सय रुपैयाँ घुस दिन खोजेको ट्राफिक प्रहरीले जनाएको छ ।
उनलाई पक्राउ गरी कारबाहीका लागि प्रहरी वृत्त बालाजुमा बुझाइएको प्रहरीले जनाएको छ । यस्तै बालाजुमै ट्राफिक प्रहरी जवान विवेक नकालले ना ५ ख ६५१४ नम्बरको ट्रक चालक मकवानपुरका अनोज मोक्तानसँग कागजात माग गर्दा दुई सय रुपैयाँ घुस दिन खोजेकाले उनलाई पनि पक्राउ गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
Bir Bahadur Rai
March 31, 2021, 7:31 p.m.नागरिक आफैले भ्रस्टाचार गर्ने होइन /