सरकारसँग वार्ता गर्न विप्लव समूहले प्रकाण्डकाे नेतृत्वमा टाेली बनायाे

 फागुन १८, २०७७ मंगलबार १६:३५:१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – सरकार र नेत्र विक्रम चन्द विप्लव समूहबीचको वार्ता औपचारिक रूपमा अघि बढ्ने भएको छ । दुवै पक्षबाट वार्ता टोली गठन भएसँगै अब वार्ता औपचारिक रूपमा अघि बढ्ने भएको हो ।

वार्ताका लागि विप्लव समूहले पार्टी प्रवक्ता एवं केन्द्रीय समिति सचिवालय सदस्य खड्कबहादुर विश्वकर्मा 'प्रकाण्ड' को नेतृत्वमा दुई सदस्यीय वार्ता टोली गठन गरेको छ । महासचिव नेत्रविक्रम चन्दले विज्ञप्ति निकालेर राजनीतिक, आर्थिक र राष्ट्रिय स्वाधिनताका विषयमा वार्तामा बस्न आफूहरू तयार रहेको र त्यसका लागि दुई सदस्यीय समिति गठन गरिएको जानकारी गराउनुभएको छ ।

मङ्गलवार नै विप्लव समूहसँग औपचारिक वार्ता गर्न गृह मन्त्री रामबहादुर थापाको संयोजकत्वमा दुई सदस्यीय वार्ता समिति गठन गरिएको छ । समितिमा प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डाक्टर राजन भट्टराई सदस्य रहनुभएको छ ।

विप्लव समूहमाथि लगाइएको प्रतिबन्ध फुकुवा गरेर वार्ता गर्नका लागि समिति गठन गरिएको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले पत्रकार सम्मेलनमार्फत बताउनुभएको छ । सरकारले विप्लव समूहमाथि २०७५ साल फागुन २८ गते प्रतिबन्ध लगाएको थियो ।  

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया