हिरासतमा रहेका म्यानमारका अर्का नेताको पनि ज्यान गयो

 फागुन २६, २०७७ बुधबार १०:१:७ | एजेन्सी
unn.prixa.net

फाइल तस्बिर


काठमाण्डाै –  सैन्य कू को विरोधमा प्रदर्शन गर्ने क्रममा पक्राउ परेका म्यानमारको सत्तारुढ दल नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) का अर्का नेताको पनि ज्यान गएको छ ।

यसअघि एनएलडीका अर्का नेता खिन मौन लाटको गएको शनिबार ज्यान गएको थियो । सुरक्षाकर्मीले  चरम यातना दिँदा दुईजना नेताको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । तर,  सेनाले भने भाग्न खोज्दा लडेर गम्भीर घाइते भएका नेता झा  म्याटलिनको ज्यान गएको प्रतिक्रिया दिएको छ ।

म्याटलिनको परिवारले भने पेटमा कसरी चोट लाग्यो भनेर प्रश्न गरेका छन् । नेतृ सुकीसहितका नेताहरुलाई रिहाइको माग गर्दै म्यानमारमा विरोध प्रदर्शन भैरहेको छ । प्रदर्शनका क्रममा अहिलेसम्म ६० जनाभन्दा धेरै व्यक्तिको ज्यान गैसकेको छ भने २ हजारभन्दा धेरै व्यक्ति पक्राउ परेका छन् । त्यहाँको सेनाले फेरि चुनाव गर्ने भन्दै एक वर्षको सङ्कटकाल लगाएर सैनिक शासन लागू गरेको छ । त्यसको विरोधमा हरेक दिन हिंसात्मक प्रदर्शन भैरहेको हो ।

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया