ब्राजिलमा फेरि काेराेना प्रकाेप, एकैदिन दुई हजारभन्दा धेरैकाे ज्यान गयाे

 फागुन २७, २०७७ बिहीबार ८:३३:२२ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – ब्राजिलमा कोरोना भाइरसको सङ्क्रमण दर फेरि बढेको छ । ब्राजिलमा कोरोना महामारीपछि पहिलो पटक एकैदिन दुई हजारभन्दा धेरैको सङ्क्रमणका कारण ज्यान गएको छ । बुधवार ब्राजिलमा सङ्क्रमणका कारण दुई हजार दुई सय ८६ जनाको ज्यान गएको बीबीसीमा उल्लेख छ । 

अमेरिकापछि ब्राजिलमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या सबैभन्दा धेरै छ । कोरोनाका कारण ब्राजिलमा अहिलेसम्म दुई लाख ६८ हजार तीन सय ७० पुगेको छ । 

विशेषज्ञका अनुसार कोरोना भाइरसको नयाँ प्रकार भित्रिएसँगै सङ्क्रमण दर बढेको हो । 

बुधवार ब्राजिलका पूर्वराष्ट्रपति लुइज लुला द सिल्भाले वर्तमान राष्ट्रपति जेर बाेलसेनाराेमाथि काेराेना भाइरसलाई लिएर गरेकाे निर्णयलाई 'बेबकुफी' काे संज्ञा दिनुभएकाे छ । 

बुधवार राष्ट्रपति बाेलसेनाराे यस महिनामा पहिलाे पटक मास्क लगाएकाे देखिएकाे छ । बाेलसेनाराेले काेराेना भाइरसलाई सामान्य रूपमा आँकलन गर्दै आउनुभएकाे छ । भर्खरै मात्र उहाँले काेराेनालाई लिएर मानिसहरूलाई अनावश्यक हल्ला गरेकाे भन्दै आलाेचना गर्नुभएकाे थियाे ।  

ब्राजिलको प्रमुख सार्वजनिक स्वास्थ्य केन्द्र फियोक्रुजले कोरोना सङ्क्रमण दर बढेका कारण देशका ठूला सहरमा स्वास्थ्य प्रणालीमा निकै दबाब परिरहेको बताएको छ । केही सहरको अवस्था कठिन अवस्थामा पुगेको बताइएको छ ।   

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया