सामुदायिक रेडियाे प्रसारक सङ्घकाे अध्यक्षमा अर्जुन गिरी निर्वाचित

 फागुन २७, २०७७ बिहिबार १२:७:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सामुदायिक रेडियोको छाता सङ्गठन सामुदायिक रेडियाे प्रसारक सङ्घ (अकोराब) को अध्यक्षमा अर्जुन गिरी निर्वाचित हुनुभएको छ । प्रतिद्वन्द्वी कपिलदेव खनालले १४ मत ल्याउँदा विजयी भएका गिरीले एक सय ६१ मत ल्याउनुभएकाे हाे । खसेकामध्ये  तीन मत बदर भएकाे अकाेराबले जनाएकाे छ । 

काठमाण्डाैमा सम्पन्न अकोराबको पन्ध्राैँ साधारण सभा तथा साताैँ अधिवेशनले गिरी अध्यक्ष रहने गरी ३२ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।  

नयाँ कार्यसमितिकाे वरिष्ठ उपाध्यक्षमा  विष्णु अवस्थी, मधेशी उपाध्यक्षमा निमेष कर्ण, महिला उपाध्यक्षमा वन्दना दनुवार, जनजाति उपाध्यक्षमा मिलन गाहामगर र दलित उपाध्यक्षमा भुवन सिंह निर्वाचित भएका छन् । 

यस्तै महासचिवमा किशोरजंग थापा, सचिवमा सुदर्शन खतिवडा र कोषाध्यक्षमा सरोज पौडेल चुनिएका छन् । अध्यक्षबाहेक अन्य पदमा सर्वसम्मतिले चयन गरिएकाे नवनिर्वाचित सचिव सुदर्शन खतिवडाले जानकारी दिनुभयाे ।  

नेपालमा तीन सय ५० भन्दा धेरै सामुदायिक रेडियो रहेका छन् । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया