अर्घाखाँचीको सुपा देउरालीमा नयाँ प्रविधि प्रयोग गरेर सडक विस्तार हुँदै

 जेठ ३, २०८१ बिहीबार १३:२२:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

अर्घाखाँची – अर्घाखाँचीको सुपा देउराली मन्दिरमा आउने धार्मिक पर्यटकलाई लक्षित गरी नयाँ प्रविधिबाट सडक विस्तारको काम भइरहेको छ । कडा चट्टान पाइएपछि यसको नयाँ प्रविधि प्रयोग गरेर ड्रिल गरेर बाटो विस्तारको कार्य भइरहेको शिवपुर सडक डिभिजन कार्यालयका इन्जिनियर अर्जुन पाण्डेले बताउनुभयो ।

जिल्ला सदरमुकाम जोड्ने पुरानो र महत्त्वपूर्ण गोरुसिङ्गे–सन्धिखर्क सडकको लाउरे बजारदेखि सुपा मन्दिरसम्म झन्डै दुई सय मिटर कडा चट्टान र भिरालोका कारण साँघुरो भई यातायात आवागमनमा समस्या भएपछि सडक विस्तारको काम शुरु भएको हो ।

साघुँरो सडक, खाल्टा खुल्टीका कारण र पुरानो पिच भएका कारण जीर्ण बनेको गोरुसिङ्गे–सन्धिखर्क सडकलाई फराकिलो बनाउने, नाली निर्माण गर्ने र कालोपत्रे गर्ने गरी काम अगाडि बढेको हो । गोरुसिङ्गेबाट सदरमुकाम सन्धिखर्कसम्म सडकको दूरी ६८ किलोमिटर छ ।

अन्तिम अपडेट: मंसिर १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया