खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
डोटी – डोटका स्थानीय युवाहरु रक्सी जाँड नियन्त्रण अभियानमा जुटेका छन् ।
स्थानीय सरकारले रक्सी जाँड नियन्त्रण गर्न नसकिरहेको अवस्थामा डोटीको जोरायल गाउँपालिका–५, गड्सेराका युवाहरु भने मदिरा नियन्त्रण अभियानमा जुटेका छन् ।
आफ्नो वडा भरमा रक्सी जाँडको बिगबिगी भएसँगै मदिरा सेवनले विकृति फैलाउन थालेको भन्दै युवाहरुको समूह जाँडरक्सी नियन्त्रण अभियानमा जुटेका हुन् ।
त्यस वडाका वडा सदस्य डम्मर पातलीको संयोजकत्वमा युवाहरुको समूह जाँडरक्सी नियन्त्रण अभियानमा जुटेको स्थानीय युवा तथा शिक्षक प्रकाश रावलले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘वडा भरमा मदिराले विकराल रुप लिन थाल्यो, त्यसको रोकथामका लागि हामीले जाँडरक्सी नियन्त्रण अभियान थालेका हौं ।’ युवाहरुको अभियानलाई त्यस गाउँपालिकाको वडा कार्यालयका जनप्रतिनिधि तथा महिलाले पनि साथ र सर्मथन दिएका छन् ।
त्यस वडा भरमा गएको केही समय यतादेखि खुलेआम रुपमा रक्सी जाँड बिक्री वितरण हुन थालेपछि युवाहरुको अग्रसरमा जाँड रक्सी नियन्त्रण अभियान थालिएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।