प्रदेश-१ काे प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित

 चैत १, २०७७ आइतबार १३:३३:९ | सुमन तिमल्सिना
unn.prixa.net

माेरङ - प्रदेश-१ को प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ ।

आइतवार प्रदेश सभा सचिवालयले एक सूचना प्रकाशित गरी चैत २ गतेका लागि बोलाइएको बैठक अर्को सूचना प्रकाशित नहुँदासम्मका लागि स्थगित भएको प्रदेश सभा सचिवालयका प्रदेश सचिव गोपालप्रसाद पराजुलीले जारी गरेको सूचनामा उल्लेख । 

गएकाे फागुन १९ गते प्रकाशित सूचनाअनुसार चैत २ गते दिउँसो साढे १२ बजेका लागि बैठक बोलाएकोमा त्यस बैठकलाई विशेष कारण देखाउँदै प्रदेश सभा नियमावली २०७४ को नियम ६ को उपनियम ३ बमोजिम अर्को सूचना नभएसम्मका लागि प्रदेश सभाको बैठक स्थगित भएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि छलफल गर्न बोलाइएको प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित भएको हाे । मुख्यमन्त्री राईविरुद्ध गएकाे पुस १२ गते अविश्वास प्रस्ताव दर्ता भएकाे थियाे ।  

गएकाे फागुन ९ गते संसदमा टेबल भएको अविश्वास प्रस्तावमाथि छलफल गर्न २० फागुनमा बैठक आह्वान गरिएको भए पनि मुख्यमन्त्री राईको दबाबमा सभामुख प्रदीपकुमार भण्डारीले फागुन १९ गते सूचना जारी गर्दै यही चैत २ गतेसम्मका लागि बैठक स्थगित गर्नुभएकाे थियाे ।  

अन्तिम अपडेट: बैशाख २, २०८१

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया