विदेशीले नेपालमा खर्च गरे झण्डै चार अर्ब, नेपालीले विदेशमा खर्च गरे १९ अर्ब

 चैत ३, २०७७ मंगलबार १८:१४:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – विदेशीले नेपालमा गर्ने खर्चमा झण्डै ९२ प्रतिशतले कमी आएको छ । अघिल्लो आर्थिक वर्षको पहिलो सात महिनामा विदेशी नागरिकबाट नेपालमा ४८ अर्ब एक करोड रुपैयाँ आय भएकोमा यस वर्षको सात महिनामा जम्मा तीन अर्ब ८७ करोड रुपैयाँ मात्रै आय भएको छ ।

नेपालीले विदेश गएर गर्ने खर्चमा पनि कमी आएको छ । अघिल्लो आर्थिक वर्षको सात महिनामा नेपालीले ४३ अर्ब रुपैयाँ विदेश लगेकोमा यो वर्ष ५६ प्रतिशतले घटेर १८ अर्ब ८५ करोड रुपैयाँमा झरेको छ ।

यसमध्ये शिक्षातर्फकाे खर्च १५ अर्ब ५८ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको साता महिनामा भ्रमण व्यय ४३ अर्ब ४९ करोड रहेकोमा शिक्षातर्फको व्यय २० अर्ब ९७ करोड रुपैयाँ रहेको थियो । 

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया