पहाडी क्षेत्रका केही ठाउँमा मेघ गर्जनसहित वर्षाको सम्भावना

 चैत ४, २०७७ बुधबार ७:२४:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आज देशका केही पहाडी क्षेत्रमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

मौसमविद् शान्ति कडेलका अनुसार आज दिउँसो पछि केही पहाडी क्षेत्रमा मेघ गर्जन र चट्याङसहित हल्का पानी पर्ने सम्भावना छ । पहाडी क्षेत्रबाहेकका ठाउँमा भने मौसम सफा नै रहने उहाँले बताउनुभयो । काठमाण्डौ उपत्यकासहित केही पहाडी ठाउँको मौसम अहिले पनि आंशिक बद्ली भएको मौसमविद् कडेलले बताउनुभयो ।

प्रि मनसुनको समय भएकाले चट्याङ र हावाहुरीको जोखिम हुने भएकाले विशेषगरी खेतबारीमा काम गर्दा सावधानी अपनाउन मौसमविद्को सुझाव छ । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया