साढे तीन सय वर्ष पुरानो मन्दिरको जिर्णोद्धार

 भदौ ४, २०७५ सोमबार १७:१:२ | पुरुषोत्तम गिरी
unn.prixa.net

सल्यान – प्रमुख व्यापारिक केन्द्र बनेको सल्यानको सितलपाटीमा रहेको रुद्रेश्वर मन्दिरको जिर्णोद्धार गरिएको छ ।

झण्डै ३ सय ५० वर्ष पुरानो रुद्रेश्वर शिवालय मन्दिरको जिर्णोद्धारपछि मन्दिरको मुहार नै फेरिएको छ । मन्दिर परिसरमा अहिले दर्शकहरु बस्न मिल्ने गरी पिढी निर्माण गरिएको छ भने मन्दिरमा गेट निर्माण, मन्दिर भित्र–बाहिर रंग रोगन, १ सय ८ पालाबत्ती तथा मन्दिरमा शिव लिंग राखिएको छ ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रामसिंङ बुढाथोकीको पहलमा पुरानो शिवालय मन्दिरको रंग रोगनपछि मन्दिरको मुहारै परिवर्तन भएको छ । बुढाथोकी मन्दिर व्यवस्थापन समितिको अध्यक्ष भएको झण्डै २ महिनामा नै यसरी मन्दिरको स्वरुप फेरिएको स्थानीयबासिन्दाको दाबी छ ।

मन्दिरमा रहेको एक शिलालेखका अनुसार मन्दिर वि.सं.१७३५ सालमा निर्माण गरिएको थियो । धार्मिक तथा ऐतिहासिक महत्वका दृष्टिले निकै महत्व बोकेको यस मन्दिरको मर्मत सम्भार तथा प्रचारप्रसार हुन नसकेका कारण मन्दिर ओझेलमा पर्दै आएको छ ।

यस क्षेत्र कै पुरानो मन्दिर भएकाले यस मन्दिरको मर्मत संभारको लागि आफूले व्यक्तिगत रुपमा ८० हजार रुपैयाँ भन्दाबढी रकम खर्च गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बुढाथोकीले बताउनुभयो । उहाँले मन्दिरको व्यवस्थापन तथा संरक्षणमा कसैको पनि चासो नपुग्दा मन्दिरको प्रचारप्रसार हुन नसकेको गुनासो गर्नुभयो ।

‘यो शिवालय मन्दिर यस क्षेत्रकै पुरानो तथा महत्व बोकेको मन्दिर हो तर यसको सम्भारका लागी कसैले पनि खासै चासो देखाएको पाइँदैन्’, बुढाथोकीले भन्नुभयो, ‘अहिले आएर श्वेच्छाले केही स्थानीयले मन्दिरको लागि भनेर केही सहयोग गरे, तर यसका अलावा अन्य क्षेत्रबाट कुनै पनि सहयोग भएको छैन् ।’ 
 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

पुरुषोत्तम गिरी

पुरुषोत्तम गिरी सल्यानका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया