कनेक्ट आईपीएसबाट हुने कारोबार सीमा बढ्यो

 चैत ५, २०७७ बिहीबार १५:२८:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कनेक्ट आईपीएसमार्फत हुने कारोबारको सीमा बढेको छ । नेपाल क्लियरिङ हाउसले उपभोक्ताको मागलाई ध्यान दिएर कनेक्ट आईपीएसमार्फत हुने कारोबारको सीमा बढाइएको जनाएको छ ।

अब कनेक्ट आईपीएसको वेबसाइटमार्फत प्रति–कारोबार १० लाख रुपैयाँसम्म र प्रति–दिन २० लाख रुपैयाँसम्म भुक्तानी गर्न पाइनेछ । यस्तै मोबाइल एपबाट प्रति–कारोबार एक लाख र प्रति–दिन दुई लाख रुपैयाँसम्म भुक्तानी गर्न पाइनेछ ।

यस्तै शेयर कारोबारको भुक्तानीमा प्रति–दिनको सीमालाई पनि एक करोड रुपैयाँ पुर्‍याइएकाे नेपाल क्लियरिङ हाउसले जनाएको छ ।  

अन्तिम अपडेट: असार १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया