शेयर बजार झण्डै ४३ अङ्कले बढ्यो, कारोबार रकममा पनि सुधार

 चैत ५, २०७७ बिहीबार १५:२७:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – हप्ताको अन्तिम दिन बिहीवार शेयर बजार परिसूचक नेप्से बढेको छ । व्यापारबाहेक अरू सबै समूहको शेयर बढेपछि नेप्से बिहीवार ४२ दशमलव ९५ अङ्कले बढेर २४ सय ७५ दशमलव शून्य नौ विन्दुमा पुगेको छ ।

बिहीवार बैंकिङ समूहको शेयर २६ अङ्कले, होटल तथा पर्यटनको एक सय १२, विकास बैंकको २४, जलविद्युतको तीन, फाइनान्सको १४, माइक्रो फाइनान्सको एक सय दुई अङ्कले, जीवन बीमाको चार सय १५, निर्जीवन बीमाको एक सय ९१, उत्पादन समूहको शेयर एक सय ६२ र लगानी समूहको शेयर झण्डै दुई अङ्कले बढेको छ ।

बिहीवार दुई सय १३ कम्पनीका एक करोड १६ लाख ५७ हजार कित्ता शेयर चार अर्ब ६६ करोड १७ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नेपाल बङ्गलादेश बैंकको ७७ करोड रुपैयाँको शेयर किनबेच भएको छ ।

बिहीवार युनाइटेड मर्दी र ग्रीन लाइफ हाइड्रो कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ । समग्र बजार बढे पनि जोशी हाइड्रोपावर र आँखुखोला जलविद्युत् कम्पनीको शेयर मूल्य ६ प्रतिशतभन्दा धेरैले घटेको छ ।  

अन्तिम अपडेट: माघ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया