चन्द्रागिरि नगर अस्पतालमा 'भेन्टिलेटर' सेवा सञ्चालनमा आउने
पुस ४, २०८१ बिहिबार
काठमाण्डाै – सन् २०२१ को वसन्त ऋतुमा हुने आरोहणका लागि सरकारले दुई जना डाक्टर सगरमाथा आधार शिविरमा पठाउने भएको छ । स्वास्थ्य मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा विभागले दुई जना डाक्टरलाई आधार शिविरमा पठाउने गरी पर्यटन विभागमा खटाएको निर्देशक मीरा आचार्यले जानकारी दिनुभयो ।
आधार शिविरमा सरकार स्वयंले डाक्टर पठाउन लागिएकाे यो पहिलो पटक भएको निर्देशक आचार्यले बताउनुभयो । ‘मैले धेरैतिर अध्ययन गरेँ तर यसभन्दा अघि सरकारले नै आधार शिविरमा डाक्टर खटाएको तथ्य भेटिएको छैन’, आचार्यले उज्यालोसँग भन्नुभयो ।
सरकारले खटाएका दुई जना र अर्का एक जना गरेर तीन जना डाक्टरलाई पर्यटन विभागले आउँदाे शनिवार आधार शिविरतर्फ पठाउने पनि उहाँले बताउनुभयो । डाक्टरहरूले जेठको १५ गतेसम्म सगरमाथाको आधार शिविरमै रहेर सेवा दिनेछन् ।
सगरमाथा आरोहणमा जानेहरूबाट सरकारले महँगो रोयल्टी लिने भए पनि आधार शिविरमा पर्याप्त स्वास्थ्य सेवा नभएको भन्दै गुनासो आउने गरेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।