कांग्रेस सरकारमा जाँदैन, प्रतिपक्षकै भूमिका निभाउँछ : सभापति देउवा

 चैत १०, २०७७ मंगलबार १२:३७:५७ | सुमन तिमल्सिना
unn.prixa.net

माेरङ - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस सरकारमा नजाने बताउनु भएकाे छ । विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै देउवाले कांग्रेसले सरकारमा जान मरिहत्ते नगरेकाे भन्दै प्रतिपक्षकै भूमिकामा रहने बताएका हुन्  ।

‘कांग्रेस नेतृत्वकाे सरकार बनाउन हामी मरिमेटेका छैनौँ' देउवाले भन्नुभयाे 'हामी विपक्षी पार्टी हाैँ, हामीले विपक्षी पार्टीकै भूमिका खेलेका छौँ ।’

उहाँले  पार्टी अविश्वासको प्रस्ताव ल्याउने पक्षमा नभएको बताउनु भयाे । ‘अविश्वासको प्रस्ताव जसले ल्याए पनि हुन्छ । अविश्वासको प्रस्तावको बारेमा हामीलाई थाहा छैन’ उहाँले भन्नुभयो।

अन्तिम अपडेट: बैशाख ७, २०८१

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया