इजरायल : दुई वर्षमा चाैथाे पटक भएकाे चुनावमा आफ्नाे ‘ठूलाे जित’ हुने नेतान्याहुकाे दाबी

 चैत ११, २०७७ बुधबार १३:२:४१ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इजरायलमा भएको चुनावमा ‘ठूलो जित’ को दाबी गरेका छन् ।

यो दुई वर्षको अवधिमा भएको चौथो चुनाव हो । यद्यपि एक्जिट पोलका अनुसार यस पटक पनि नेतान्याहु बहुमत ल्याउन विफल हुने देखिएको छ । 

इजरायलको एक सय २० सिट रहेको संसदमा नेतान्याहुको लिकुड पार्टीले ५३ या ५४ सिट जित्ने अनुमान गरिएको छ भने नेतान्याहुको विरोध गरिरहेका पार्टीले ५९ सिट जित्न सक्ने बताइएको छ । 

यसको अर्थ नेतान्याहुका पूर्वसमर्थक र राष्ट्रवादी यामिना पार्टीका नेता नफ्ताली बेनेट ‘निर्णायक’ हुन सक्छन् ।

यस पार्टीले सातदेखि आठ सिट जित्न सक्ने अनुमान गरिएको छ । यद्यपि उसले कुन पक्षलाई समर्थन गर्छ भन्ने घोषणा गरिसकेको छैन । 

इजरायली सञ्चारमाध्यममा एक्जिट पोल नतिजा जारी गरिएपछि बेनेटले एक बयानमा भन्नुभएको छ, ‘म त्यही गर्छु जुन इजरायलका लागि राम्रो हुनेछ ।’ 

बेनेटले आफ्नो निर्णय लिनका लागि अन्तिम नतिजा कुरिरहेको बताउनुभएको छ । 

कोरोना महामारीका कारण चुनावको नतिजा आउन ढिलाइ भएको हो । 

मङ्गलवार ट्वीट गर्दै नेतान्याहुले भन्नुभएको थियो, ‘इजरायलका नागरिकलाई धन्यवाद, लिकुड पार्टी र दक्षिणपन्थी पार्टीले मेरो नेतृत्वमा भारी जित दिएको छ । लिकुड अहिलेसम्म सबैभन्दा ठूलो पार्टी हो ।’

७१ वर्षीय बेन्जामिन नेतान्याहु सन् २००९ पछि लगातार सत्तामा हुनुहुन्छ । उहाँ सन् १९९० को दशमा पनि तीन वर्षसम्म प्रधानमन्त्री रहनुभएको थियो । 

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया