चिया बगानको जग्गा ३३ वर्षपछि सरकारको स्वामित्वमा
मंसिर ७, २०८१ शुक्रबार
काठमाण्डाै – शेयर बजार परिसूचक नेप्से बुधवार ४१ अङ्कले बढेको छ । जलविद्युतबाहेक सबै समूहको शेयर बढेपछि नेप्से ४१ दशमलव तीन अङ्कले बढेर २५ सय ७० दशमलव २५ विन्दुमा पुगेको छ ।
बुधवार बैंकिङ समूहको शेयर साढे २२ अङ्कले बढेको छ । यस्तै व्यापार समूहको तीन सय ८१ अङ्कले, होटल तथा पर्यटनको एक सय ७८, विकास बैंकको २१, फाइनान्सको २२, माइक्रो फाइनान्सको एक सय २२, जीवन बीमाको एक सय ४१, निर्जीवन बीमाको दुई सय २१, उत्पादनको ५१, अन्यको २० र लगानी समूहको शेयर झण्डै पाँच अङ्कले बढेको छ ।
बुधवार दुई सय आठ कम्पनीका एक करोड ६९ लाख कित्ता शेयर ६ अर्ब ६७ करोड रुपैयाँमा किनबेच भएका छन् । सबैभन्दा धेरै निफ्राको ६५ करोड १५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
साल्ट ट्रेडिङ कर्पोरेशन, चन्द्रागिरि हिल्सहित पाँच कम्पनीको शेयर झण्डै १० प्रतिशतले बढेको छ । समग्र बजार बढे पनि माथिल्लो तामाकोशी, रैराङ र सान्जेन जलविद्युत् कम्पनीको शेयर तीन प्रतिशतभन्दा धेरैले बढेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।